खाद्य सुरक्षा समाधानको खोजी

पहाडी भु भाग र उब्जनीयोग्य जमिनहरुको अभाव भएका कारण दैलेखका विभिन्न स्थानहरुमा खाद्यान्न अभाव बिगतदेखिकै रोग हुँदै आएको छ ।
खाद्यान्न अभाव भएका यस्ता स्थानहरुमा रहेका अधिकाँस युवाहरु कामको खोजीमा भारत लगायतका अन्य मुलुकहरुमा जानुपर्ने बाध्यतामा रहेका छन् ।
काम गर्ने युवाहरु भारततर्फ जानुपर्ने बाध्यता भएपछि अधिकाँस गाउँहरुमा महिला, बृद्ध अनि केटाकेटीहरु बस्नुपर्ने बाध्यता रहेको   छ । जिल्लाको खाद्य सुरक्षा अभावलाई    न्यूनिकरण गर्नका लागि जिल्लाका विभिन्न स्थानहरुमा सरकारी तथा गैर सरकारी संघ संस्थाहरुले कार्यक्रमहरु संचालन गरीरहेका छन् । सरकारको ठोस लगानी हुन नसकेका कारण दुर्गममा यस्ता समस्याहरु अहिलेपनि कायमै रहेको देखिन्छ ।
सिचाँई पोखरी, उन्नत बिऊबिजन लगायतका विभिन्न उन्नत प्रविधिको बिकास गाउँस्तरसम्म हुनुपर्ने देखिएको छ । अर्कोतर्फ गाउँमा रहेका कृषकहरुले समेत आफुहरुलाई आएको सहयोगलाई निरन्तरता दिदै दिगो र प्रभावकारी बिकासमा लगाउनुपर्ने देखिएको छ । गाउँमा परनिर्भरता निकै बढेको छ । खेतवारीहरु बाँझै राखेर सरकार वा दातृ निकायको मुख ताक्ने प्रवृतीको  अन्त्य हुनुपर्ने देखिन्छ ।
जिल्लाका अधिकाँस स्थानहरुमा उत्पादन हुने धान, मकै, गहुँ ३ महिनादेखि ६ सम्म मात्र खान पुग्ने अवस्थालाई घटाउनका लागि कृषि संग सम्बन्धित सबै निकायहरुले समयमै    यसवारे छलफल र बहस गरेर नयाँ नीति निर्माण गर्नुपर्ने देखिन्छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार